विज्ञापन

गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्‍याली

विज्ञापन
Image
विज्ञापन

धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि एमालेले मोटरसाइकल र्‍याली प्रदर्शन गरेको जनाएको छ ।

बसपार्कबाट सुरु भएको र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको थियो । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोक आएर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘हत्या हिंसा लुटपाट अन्त्य गर’, ‘जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन’लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । जिल्लाका सातवटै पालिकाबाट भेला भएका एक हजारभन्दा बढी मोटरसाइकलसहित र्‍यालीले बजार परिक्रमा गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन