३१ चैत, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महासंघको टोली र शिक्षा मन्त्रालयको टोलीबीच वार्ता भइरहेको हो ।
‘१ घण्टादेखि वार्ता चलिरहेको छ । सहमतिको प्रयास भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने । गत बिहीबारदेखि सरकार र शिक्षक महासंघबीच वर्ता लगातार चलिरहेको छ ।
सेवा सुविधाको विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने गर्ने र आगामी अधिवेशनको पहिलो साता नै ऐन सभामा पेस गर्नेगरी सहमतिको प्रयास भइरहेको छ । तर शिक्षक महासंघले ऐन जारी गर्ने सुनिश्चतता खोजीरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्












