विज्ञापन

मूल्य र नापतौल हेरफेर गर्ने विश्वनाथ ट्रेड हाउसलाई ३ लाख जरिबाना

विज्ञापन
Image
विज्ञापन

१५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरि नगरपालिस्थित विश्वनाथ ट्रेड हाउस प्रालिलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले नियमित अनुगमन अन्तर्गत सोमबार चन्द्रागिरि नगरपालिका–११ सतुंगलमा रहेको विश्वनाथ ट्रेड हाउसलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको हो ।

यस्तै विभागले ललितपुर महानगरपालिका–२ को पशुपतिनाथ बिजनेस प्रालिको कारोबार रोक्का गरेको छ । अनुगमन टोलीले उक्त उद्योगको स्टकमा रहेका त्रुटिपूर्ण वस्तुहरू उत्पादकलाई फिर्ता गर्ने निर्देशन दिएको छ । यस्तै विभागको अर्को आदेश नभएसम्मका लागि कारोबार रोक्‍का गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन