विज्ञापन

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

विज्ञापन
Image
विज्ञापन

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद गरेको आरोप लागेको छ । शैक्षिक अभ्यासका क्रममा जातीय अपमानसहित प्राध्यापक डा. देवीलाल शर्माले आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन परियारलाई जातीय विभेदजनक भाषा प्रयोग गरेर गाली गलौच गरेका थिए ।

घटनापछि दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन र तेराइ ल स्टुडेण्ट एशोसियसनले आ-आफ्नो विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका छन् । शर्माले बोलेका शब्दहरू नै उल्लेख गरेर दलित विद्यार्थी समाजका अध्यक्ष अमृत बिक ले विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक यात्राको नाममा गरिएको विभेद हाम्रो आत्मसम्मानमाथि प्रहार हो र यस्ता घटनाको अन्त्य हुनुपर्छ ।’ त्यस्तै, स्ववियुका अध्यक्ष विष्णु पोखरेलले पनि विज्ञप्ति मार्फत भनेका छन्, ‘क्याम्पस जस्तो शैक्षिक स्थलमा यस्ता जातीय टिप्पणी गर्नु निन्दनीय छ । सम्बन्धित शिक्षकमाथि कारबाही हुनुपर्छ ।’

आरोपपछि क्याम्पसले शर्मालाई जिम्मेवारीबाट हटाएकाे छ । क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पत्र पठाएर निलम्बनको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईँलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको ब्यहोरा जानकारी गराइन्छ ।’


प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन