विज्ञापन

सूचना दिनेलाई १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दाबी

विज्ञापन
Image
विज्ञापन

३१ वैशाख, काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग राख्दै पृथकवादी गतिविधि गर्दै आएको समूहको एक महत्त्वपूर्ण सदस्य पक्राउ परेका छन् ।

नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतीय प्रहरीले उनलाई मोतिहारीको नगर थाना क्षेत्रको मोतिझिलबाट पक्राउ गरेको जनाएको छ । तर, कतिपय सुरक्षा अधिकृतहरूले भने सिंहलाई नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेका छन् ।

सिंहको खोजीका लागि भारतीय सुरक्षा अधिकृतहरूले यसअघि नेपाल प्रहरीका अधिकृतहरुसँग समन्वय समेत गरेको स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार, खालितस्तानको लिबरेसन फोर्ससँगै अन्तर्राष्ट्रिय शिख युथ फेडरेसनसँग जोडिएका उनले अपराधिक गतिविधिमा संलग्न अरुलाई समेत नेपालमा सेल्टर दिने गरेको आरोप थियो ।

यो पनि पढ्नुहोस
सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन
उनले नेपालमा नागरिकता समेत लिइसकेको भारतीय प्रहरीको दाबी थियो । उनलाई पक्राउ गरेर भारतमा सार्वजनिक गरिएपछि प्रहरी प्रधान कार्यालयको एउटा टोलीले त्यसबारे अध्ययन समेत गरिरहेको छ ।

एक अधिकृत भने, ‘हिजोआज व्यक्तिगत स्तरमा समन्वयका आधारमा समेत अपराधीहरु लगिने गरेका छन्, यसमा के भएको भन्ने बुझिरहेका छौं ।’

को हुन् सिंह ?

उनी २७ नोभेम्बर २०१६ को नाभा जेल ब्रेक काण्डमा समेत जोडिएका व्यक्ति हुन् ।

पटियालास्थित नाभा जेलमा भएको आक्रमणमा ६ जना आतंकवादी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू फरार भएका थिए ।

रमनजीत सिंह उर्फ रोमीको मुख्य योजनामा भएको आक्रमणमा बलवीर सिंहसहित खालिस्तानी लिबरेशन फोर्सका प्रमुख हरमिन्दर सिंह मिंटू लगायतका व्यक्तिहरू जेलबाट भागेका थिए ।

पछि अनुसन्धानका क्रममा जेलमा रहेका कुख्यात अपराधी गुरुप्रित सिंहको योजनामा जेल ब्रेक गराइएको खुलेको थियो । त्यसबेला खाना बाँड्ने बहानामा जेल नजिक पुगेका व्यक्तिहरूले त्यहाँ हमला गरेर सबैलाई भगाएका थिए ।

एआईएले सिंह पञ्जाबको मोहालीमा रहेको इन्टेलिजेन्स कार्यालयमा भएको रकेट आक्रमणमा समेत संलग्न रहेको भनेको छ । उनीबारे सूचना दिनेलाई भारतीय प्रहरीले १० लाख रुपैयाँ इनामको समेत घोषणा गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता रमेश थापा भने सिंहलाई नेपालबाट पक्राउ गरिएकोबारे जानकारी नभएको बताउँछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन