विज्ञापन

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार

विज्ञापन
Image
विज्ञापन

७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।

लामो समयको अलमलपछि मुलुकले १८औं गभर्नरका रूपमा पौडेललाई पाएको हो । मंगलबार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती देखिएको छ । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन