९ जेठ, काठमाडौं । यो साता सेयर बजार २.९४ प्रतिशत अर्थात् ७७ अंक बढेको छ । गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुग्यो ।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति चर्चा र नियुक्तिपछि लगानीकर्तामा सकारात्मक भाव बढ्दा बजारले लय लिएको छ । यो साता मंगलबार सरकारले गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरेको हो ।
साताको पहिलो दिन आइतबार २.७९ अंक घटेको बजार सोमबार १९.३० र मंगलबार ४९.०९ अंक बढ्यो । बुधबार फेरि ७.९४ अंक घटेको बजार बिहीबार १९.०४ अंक बढ्यो।
बजार बढे पनि कारोबार रकममा भने त्यति ठूलो अन्तर छैन । आइतबार ८ अर्ब ५० करोड, सोमबार ७ अर्ब ३५ करोड, मंगलबार ७ अर्ब ३१ करोड, बुधबार १० अर्ब ६९ करोड र बिहीबार ९ अर्ब ८२ करोडको कारोबार भयो ।
प्रतिक्रिया जनाउनुहाेस्

















