विज्ञापन

केवलकारकाे साैचालयमा लडेर एक पुरुषको मृत्यु

विज्ञापन
Image
विज्ञापन

चितवन / मनकामना दर्शन गर्न जाँदै गरेका एक पुरुषको शौचालयमा लडेर मृत्यु भएको छ। मृत्यु हुने भारतीय नागरिक हुन्।

आइतबार बिहान साढे ८ बजेतिर मनकामना दर्शन गर्न जाँदै गरेका भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्ट केवलकारको शौचालयभित्र लडेका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मृतककाे शव पोष्टमर्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन