काठमाडौं, २२ जेठ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सलाई पराजित गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
गएराति स्कटल्याण्डमा भएको खेलमा नेपालले २२५ रनको लक्ष्य पछ्याउँदै ५ विकेटले शानदार जित दर्ता गरेको थियो। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा नेपाली खेलाडीको फोटो सेयर गर्दै संक्षिप्त सन्देश लेखे: ‘फेरि जित, फेरि बधाई।’
नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ रनको योगदान दिएका थिए। यो नेपालका लागि लिग–२ मा लगातार तेस्रो जित हो।
प्रतिक्रिया जनाउनुहाेस्

















