विज्ञापन

अव्यवहारिक कर खारेजीको माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित

विज्ञापन
Image
विज्ञापन

बुटवल, ३० जेठ । रुपन्देहीका सुनचाँदी व्यवसायीहरूले सुन र सुनका गहनामा लागू गरिएको दुई प्रतिशत विलासिता कर हटाउन लगायत विभिन्न ६ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन्। उनीहरूले हालको कर संरचना व्यवसायीहरू र उपभोक्तामाथि अत्यधिक भार परेको भन्दै विरोध जनाएका हुन्।

शुक्रबार व्यवसायीहरूले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका थिए। बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले मूल्य अभिवृद्धि कर (भ्याट) पुनर्विचार गरी खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न आवश्यक ऐन र नीतिहरू तत्काल तयार पार्नुपर्ने माग राखेका छन्।

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायी र उपभोक्तामाथि अत्यधिक कर भार थप्ने प्रस्तावलाई व्यवसायीहरूले अस्वीकार गरेका छन्। उनीहरूले कर संरचना परिवर्तन गर्दा उद्योग, रोजगारी र बजारमा पर्ने प्रभावको अध्ययन आवश्यक रहेको जोड दिएका छन्। साथै छिमेकी भारतसँग मेल खाने भन्सार दर कायम गर्न, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय स्तरको ल्याबको व्यवस्था गर्न र निर्यातमा लाग्ने टीडीएस खारेज गर्न माग राखिएको छ।

व्यवसायीहरूले सुनमा विलासिता कर लाग्नु अनावश्यक र अन्यायपूर्ण रहेको बताएका छन् र विरोध स्वरूप पसल बन्द गरी प्रदर्शन गरेका छन्। ज्ञापनपत्र बुझाएपछि, जिल्ला प्रशासन कार्यालय अगाडि नारा लगाउँदै विरोध सभा पनि आयोजना गरिएको थियो।

भिडियो:
https://lumbinisanjal.com/wp-content/uploads/2025/06/20250613_141518.mp4?_=1

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन