विज्ञापन

पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

विज्ञापन
Image
विज्ञापन

११ भदौ, काठमाडौं । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।

अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

वीरगञ्जमा हैजा संक्रमित संख्या ११५ पुग्यो

वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ ।

मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा हैजा संक्रमण पुष्टि भएको हो । मंगलबार साँझसम्म ११४ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन् ।

शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए ।

महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन