विज्ञापन

जेनजी आन्दोलनले रोकिएका नाटकको पुनः मञ्चन : सिरुमारानी र कालीपार फर्किए

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । जेनजी आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी : मौन संवाद’ र ‘सिरुमारानी’ नाटक मञ्चन भैरहेका थिए ।

कौशी थिएटरमा ‘कालीपार’, ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भैरहेका थिए । जेनजी आन्दोलन चर्किएपछि यी सबै मञ्चन रोकिए ।

नाटकघर समेत प्रभावित बने । आन्दोलन सकेर फिल्म र संगीत लयमा फर्किने तयारीमा छन् । नाटक घर पनि जुर्मुराउन थालेको देखिन्छ ।

मण्डलाले ‘सिरुमारानी’ र कौशीले ‘कालीपार’को मञ्चन बुधबारदेखि पुनः सुरु गर्दैछन् । ‘कालीपार’ आउँदो शनिबारसम्म चल्नेछ । सरुभक्तले लेखेको नाटक ‘सिरुमारानी’को मञ्चन भने आइतबारसम्म हुनेछ

‘खमारी’को मञ्चन भने मण्डलाले आन्दोलन चर्किएपछि स्थगित गरेको थियो । ‘कालीपार’ पुनःमञ्चनबारे कौसीले सूचनामा भनेको छ, ‘ऐतिहासिक घटनाको साक्षी बन्दै र जेनजी आन्दोलनलाई समर्थन गर्दै एक हप्ता विश्राम लिएपछि हामी नाटक ‘काली पार’ को पुनः मञ्चन सुरु गर्दैछौँ ।’

शिल्पी थिएटरले जेनजी आन्दोलन चर्किएपछि ‘शिल्पी नाट्य यात्रा २०८२’ स्थगित गरेको थियो । यो टूरको नयाँ मिति घोषणा भैसकेको छैन । भदौ अन्त्यतिर भरतपुर, पोखरा, बुटवल र कोहलपुरमा टूर घोषणा गरिएको थियो ।

सरकारले जेनजी आन्दोलनमा बर्बर दमन गरेपछि शिल्पी थिएटरले ‘हत्यारा सरकार खबरदार’ भन्दै भिडियो पनि जारी गरेको थियो ।

बबरमहलस्थित कला परिषद्को भवनमा चल्दाचल्दै रोकिएको ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५’ पुनः संचालनमा आएको थियो । ‘रुट्स एन्ड रिफ्लेक्सन’ विषयमा चलिरहेको चित्रकला प्रदर्शनी ११ असोजसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन