विज्ञापन

सेयर बजारमा दशैं प्रभाव, सुस्तायो कारोबार

विज्ञापन
Image
विज्ञापन

८ असोज, काठमाडौं । सेयर बजारमा दशैं प्रभाव देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएपछि बेच्नेहरू पनि उत्साहित छैनन् ।

अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् । जसले गर्दा बुधबार पहिलो एक घण्टामा जम्मा ९१ करोडको कारोबार भएको छ ।

अघिल्लो दिन पहिलो एक घण्टामा १ अर्ब ४० करोडको कारोबार भएको थियो । यो अवधिसम्म नेप्से ३.३ अंक घटेको छ ।

विकास बैंक, उत्पादन र व्यापार समूह बढेका छन् । अरु सबै घटेका छन् । ७७ कम्पनीको मूल्य बढ्दा १५३ को घटेको छ भने १४ को स्थिर छ ।

हिमस्टार ऊर्जा र माथिल्लो मैलुङखोलाको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । यतिबेलासम्म युनियन हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, सीईडीबी होल्डिङस्, युनिभर्सल पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन