विज्ञापन

कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन

विज्ञापन
Image
विज्ञापन

३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन् ।

बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर्षअघिदेखि देखेको सपना पूरा भएको बताएका हुन् ।

‘हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान गर्न सक्दिनँ’ उनले भने, ‘टिमलाई नै खुसी बनाएको छ यो क्षणले।’

उनले यो प्रतियोगिता महत्वपूर्ण छ भन्ने बुझेको र त्यसैअनुसार खेलेर यो नतिजा हासिल भएको बताए । उनले अब ट्रफी जित्ने लक्ष्य भएको बताए ।

उनले यो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिए । ‘खेलाडीदेखि अफिसियल सबैको महत्वपूर्ण भूमिका छ, सबैजनालाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।

साथै रोहितले भारतमा हुने विश्वकप भएकाले धेरैभन्दा धेरै नेपाली खेल हेर्न नेपाली मैदानमा उपस्थित हुने विश्वास व्यक्त गरे । ‘धेरै नेपालीहरू हुनुहुन्छ भारतमा, नेपालबाटै जाने पनि धेरै हुन्छन्, राम्रो वातावरण हुन्छ मैदानमा’ उनले भने ।

उनले छनोट प्रतियोगितामा भन्दा अझै उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन