विज्ञापन

एनपीएलका टिमहरू भारतमा प्रशिक्षण गर्दै

विज्ञापन
Image
विज्ञापन

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण नजिकिँदै जाँदा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीदेखि साझेदार घोषणाका कार्यक्रमहरू तीव्र रूपमा गरिरहेका छन् ।

यसबीचमा टिमले प्रतियोगिताको तयारी पनि गरिरहेका छन् । जसका लागि विभिन्न टोलीहरू छिमेकी मुलुक भारत पुगेका छन् ।

साविक विजेता जनकपुर बोल्ट्सले भारतको तमिलनाडु कोएम्बाटोरस्थित चेन्नई सुपर किङ्सको एकेडेमीमा गएर प्रशिक्षण थालिसकेको छ ।

यस्तै चितवन राइनोजको टोली भारतको दिल्लीमा गएर अभ्यास गरिरहेको छ ।

यता विराटनगर किंङ्स पनि तयारीका लागि भारतको मुम्बई प्रस्थान गरेको छ । त्यहाँस्थित ओमटेक्स आईसीडब्लुसी क्रिकेट इन्सचिट्युटमा टोलीले अभ्यास गर्ने‍छ ।

तीनवटै टोलीले यसरी भारतजस्तो क्रिकेटिङ राष्ट्रमा गएर तयारी गर्न पाउनु प्रदर्शनमा निखार ल्याउने र नयाँ कुरा सिक्ने अवसर पनि भएको जनाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन