विज्ञापन

फिल्म वितरणमा निर्देशक भट्टराई, ‘बाहुबली : द एपिक’ शुक्रबारदेखि नेपालमा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । फिल्म निर्देशन र निर्माणबाट चर्चा बटुलेका दिवाकर भट्टराईको परिचय अब यत्तिमै सीमित हुनेछैन ।

उनले फिल्म वितरणमा हात हालेका छन् । उनको कम्पनी क्रिएटिभ सिने आर्ट्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मको वितरण गर्दैछ ।

यसको सुरुवात हुँदैछ शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘बाहुबली’को नयाँ संस्करण ‘बाहुबली : द एपिक’बाट ।

नीरज पौडेलको ए-एट् र दीपक दंगालको एनसीजीएनसँगको सहकार्यमा भट्टराईको क्रिएटिभ सिने आर्ट्सले उक्त फिल्मलाई नेपालमा रिलिज गर्न लागेको हो ।

‘बाहुबली : द एपिक’ पहिलो र दोस्रो भाग गाभिएको फिल्म हो । क्रिएटिभ सिने आर्ट्सले २८ नोभेम्बरमा रिलिज हुने ‘तेरे इश्क मे’ लाई पनि नेपालमा रिलिज गर्दैैछ ।

यसअघि नरसिंहा अवतार, क्याप्टेन, ड्रिम्स, ऐश्वर्याजस्ता चर्चित फिल्म निर्देशन गरेका भट्टराईले अबदेखि अब व्यवसायिकरुपमा फिल्म अघि बढ्ने अनलाइनखबरलाई बताए ।

उनका अनुसार अब विदेशीसहित स्वदेशी फिल्मको वितरणमा पनि कम्पनी अघि बढ्नेछ । ‘सिनेमा बनाउने प्यासन मात्र थियो । अब बिजनेसकै रुपमा अघि बढाउन लागेको हुँ’ उनले भने, ‘निर्माण, वितरण पनि गर्छौं । उपकरण व्यवसाय पनि छ । स्टुडियो पनि तयार हुन्छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन