विज्ञापन

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्।

शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले उनलाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदा खड्काले करिब दुई साताअघि एन्फाका महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका थिए।

त्यसपछि शुक्रबार राईले नै वरिष्ठ उपाध्यक्ष खड्कामाथि अनुशासनसम्बन्धी कारबाही गर्ने एजेन्डासहित दिउँसो १ बजे आकस्मिक बैठक आह्वान गरेका थिए।

उक्त बैठकले एन्फाको विधानको धारा ३८ को १४ अनुसार खड्कालाई निलम्बन गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ।

यस निर्णयसँगै खड्का आगामी साधारण सभासम्मका लागि सबै जिम्मेवारीबाट अलग रहने भएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन