विज्ञापन

भाइरल फोटोबारे विशाल भण्डारी : राजनीतिकरुपमा कसैको पक्षमा उभिएको छैन

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । टिभी शो होस्ट विशाल भण्डारीले एमाले नेता महेश बस्नेतसँगको फोटो भाइरल बनेपछि प्रष्टीकरण दिएका छन् । उनले यसबारे भएको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।

केही दिनदेखि बस्नेतको भक्तपुर निवासमा खिचिएको एउटा तस्वीर र भिडियो भाइरल बनिरहेको छ, जहाँ भण्डारी पनि देखिएका छन् । यो फोटो भाइरल बनेपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि भद्दा टिप्पणी गर्दै खनिएका छन् ।

विशालले फेसबुकमा पोस्ट लेख्दै आफू नितान्त व्यक्तिगत समस्या समाधानको पहलका लागि त्यहाँ पुगेको बताएका छन् ।

व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेका आधारमा आधारमा आफूलाई कुनै राजनीतिक धार वा समर्थनमा रहेको भनेर नबुझिदिन उनले आग्रह गरेका छन् ।

भण्डारीले लेखेका छन्, ‘एक जना व्यक्तिसँग नितान्त व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेको आधारमा म कुनै राजनीतिक धार वा समर्थनमा छु भन्ने गलत बुझाइ नगरिदिनुहोला ।’

भण्डारीले आफू पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण सहयोगको आशमा तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत विभिन्न कार्यालय, नेता तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनपछि पनि आफू समस्या समाधानकै लागि वर्तमान प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको खुलाएका छन् ।

आफूसँग धेरै ठाउँमा पुगेको र धेरैलाई भेटेको प्रमाण सुरक्षित रहेको भन्दै उनले बस्नेतसँगको भेटलाई अनावश्यक भाइरल बनाइएको बताएका छन् ।

‘आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो’, उनले लेखेका छन् ‘राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन । न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ ।’

एउटा फोटोकै आधारमा भ्रम नफैलाइदिन उनको आग्रह छ । भण्डारी निर्देशित टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ अहिले प्रसारण भैरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन