७ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१३५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
प्रतिक्रिया जनाउनुहाेस्












