विज्ञापन

सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो: पुर्नेन्दु घोष

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । क्रिकेट प्रशिक्षक पुर्नेन्दु घोषले सुदूरपश्चिम रोयल्सको टिम युनिटी एकदम राम्रो रहेको बताएका छन् । अनलाइनखबर डट कमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै घोषले सुदूरपश्चिम टिमको युनिटीले टिम राम्रो भएको बताएका हुन् ।

‘यो टिममा नेपालका अनुभवी प्रशिक्षक छ । यस्तै सुदुरपश्चिम रोयल्सको युनिटी राम्रो छ । जुन क्रिकेटमा महत्वपूर्ण हुन्छ’, उनले भने । एनपीएलको दोस्रो सिजन अन्तर्गत सोमबार पनि डबल हेडर दुई खेल हुँदैछ । जसमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले वेस्टर्न डर्बीमा कर्णाली याक्ससँग खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा यो खेल अपरान्ह ४ बजे खेल सुरु हुनेछ । सुदुरपश्चिम र कर्णाली याक्स दुवै टिम राम्रो रहेको खेल प्रतिस्पर्धात्मक हुने घोषले बताए ।

यस खेलमा सुदूरपश्चिम थोरै माथि रहन सक्ने उनले बताए । यद्यपि कर्णालीले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने समेत उनको अनुमान छ ।

यस्तै इस्टर्न डर्बीमा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग पहिलो खेल खेल्दैछ । विराटनगर र जनकपुरको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक घोषले विराटनगर लगातार दुई खेल जितेर कन्फिडेन्स रहेको र यस खेलमा विराटनगरको पल्ला भारी हुन सक्ने बताए ।

यस्तै जनकपुरले पनि पहिलो खेल गुमाएपनि पुनरागमन गर्न सक्ने बताए । घोषले यस खेलमा विराटनगरले जित्ने सक्ने अनुमान गरे ।

एनपीएल दोस्रो संस्करणको सम्पूर्ण खेलको प्रत्येक बल बाई बलको अपडेट अनलाइनखबरले गरिरहेको छ । त्यसका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन