१० पुस, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
एपीएफले बिहीबार सामाजिक सञ्जालमार्फत तामाङ प्रशिक्षकमा नियुक्त भएको जनाएको हो ।
\
उनी यसअघि २०७५ सालको ए डिभिजन लिगका बेला पनि एपीएफको प्रशिक्षक रहिसकेका छन् ।
त्यसयता तामाङले नेपाली महिला फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकका रूपमा पनि काम गरेका थिए । b
प्रतिक्रिया जनाउनुहाेस्

















