विज्ञापन

समीक्षा अधिकारी र गुल्मीका कृष्ण खनालको नयाँ गीत “मुटु जलिजलि” सार्वजनिक

विज्ञापन
Image
विज्ञापन

गुल्मी । कलिलो उमेरदेखि नै संगीतप्रति रुचि राख्दै आएका गुल्मीका कृष्ण खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । सरकारी सेवामा रहेर पनि संगीतलाई निरन्तरता दिँदै आएका खनालको नयाँ गीत “मुटु जलिजलि” हालै सार्वजनिक भएको हो । उक्त गीतमा खनालको शब्द,स्वर समावेश रहेको छ भने चर्चित गायिका समीक्षा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

कृष्ण खनाल युटुव च्यानल बाटै सार्वजनिक गरिएको उक्त गीतको भिडियो र अडियो राम्रो बनेको प्रतिक्रिया पाइरहेको छ । “मुटु जलिजलि” गीतमा प्रेम, अनुभूति र जीवनका भावनात्मक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। सरल शब्द र भावपूर्ण स्वरले गीतलाई अझ प्रभावशाली बनाएको संगीत प्रेमीहरूको प्रतिक्रिया छ।सरकारी सेवासँगै सिर्जनात्मक क्षेत्रमा सक्रिय खनालको यो प्रयासले आफ्ना रुचि र सपनालाई निरन्तरता दिन चाहने युवाहरूलाई प्रेरणा दिएको छ।

गीतलाई विभिन्न डिजिटल माध्यममार्फत सार्वजनिक गरिएको बताइएको छ। गुल्मी जिल्लाका स्थायी बासिन्दा खनाल हाल नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडमा वरिष्ठ सहायक पदमा कार्यरत छन्। काठमाडौंमा सेवा दिइरहेका उनीले आफ्नै शब्द, स्वर तथा व्यक्तिगत लगानीमा उक्त गीत तयार पारेका हुन्। गीतप्रेमी श्रोताहरू तथा शुभेच्छुकहरूले उक्त गीत हेरी, सुनेर आफ्ना अमूल्य प्रतिक्रिया दिन खनालले अनुरोध गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन