विज्ञापन

पुनः नेतृत्वमा पाण्डे: घोराही किराना व्यवसायी समितिको अध्यक्षमा दोस्रो कार्यकाल

विज्ञापन
Image
विज्ञापन

घोराही, दाङ — गल्ला तथा किराना व्यवसायी समिति घोराहीको १४औँ साधारणसभा तथा पाँचौँ अधिवेशनले वर्तमान अध्यक्ष विनोद प्रसाद पाण्डेलाई पुनः अध्यक्ष पदमा निर्वाचित गर्दै दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिएको छ।

शनिबार सम्पन्न अधिवेशनले व्यवसायीहरूको सर्वसम्मत निर्णयअनुसार पाण्डेको नेतृत्वलाई निरन्तरता दिएको हो। अधिवेशनपछि एक सदस्य पछि थपिने गरी १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष गोपाल खनाल, सचिव सुरज सुवेदी, सह–सचिव थानेश्वर बुढा, कोषाध्यक्ष घनश्याम खनाल तथा सह–कोषाध्यक्ष मुक्तिराम खनाल चयन भएका छन्। सदस्यहरूमा ईश्वरी भुसाल, वसन्त गौतम, तारा वली, खिमराज भण्डारी, खिमबहादुर खत्री, बलबहादुर खड्का, सुनिल घिमिरे र शरद डाँगी रहेका छन्।

अधिवेशनले आगामी कार्यकालमा व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन सुधार तथा संगठनलाई अझ सुदृढ बनाउने विषयलाई मुख्य प्राथमिकता दिने निर्णय गरेको छ।

स्थानीय व्यवसायीहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै समितिको भूमिका अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन