विज्ञापन

संसद् स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्वताको अभाव भयो

विज्ञापन
Image
विज्ञापन

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्वताको विषय उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘संसद अवरुद्ध छ ! परिपक्वतााको अभाव भयो ! के गर्नु !’ उनी लेख्छन्, ‘नेपाली जनताले सांसद चुन्दा बुद्धि पुराउनु है ! अहिले पछुतो भैराछ ! संसार कहाँ पुगिसक्यो ! हामी नेपालीको काम छैन !

संसद् बैठकमा पनि साम्पाङले प्ले कार्ड देखाएका थिए ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् ।

संसद् बैठक बस्दा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दैआएका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो विषयमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरे । सरकारले जवाफ दिएर निकास दिनुपर्ने आग्रह गरेका थिए ।

बुधबार पनि विपक्षी दलका सांसदहरूले यही विषय उठाएका बैठकको सुरुमै विरोध गरेका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन