१२ साउन, पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी टिपरका सहचालक हुन् ।
लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।
अवस्था सामान्य रहेका टिपर चालक मिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

















