विज्ञापन

बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली

विज्ञापन
Image
विज्ञापन

१४ साउन, बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली निकालिएको छ ।

सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानून व्यवसायी लगायतको बाक्लो सहभागिता थियो ।

राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता विरेन्द्र विक, मानव अधिकारकर्मी गोविन्द खनाल लगायतको अगुवाइमा सदियौंदेखि नेपालमा कायम सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई खल्बलिन नदिन र थप सुदृढ बनाउन र्‍यालीमा सहभागी सबै पक्षलाई अपील गरिएको छ ।

सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु र सुरक्षाकर्मीसहित २० जना बढी घाइते भएका थिए । त्यसपछि सुनसरीका विभिन्न ५ ठाउँ आसपास कर्फ्यु लगाइएको छ । उक्त घटनालाई लिएर विराटनगर, सिरहा, सप्तरीमा समेत विरोध प्रदर्शनहरु भएका छन् ।

र्‍यालीपछि सञ्चारकर्मीसँग बोल्दै सामाजिक अभियन्ता विरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे ।

शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्ने नागरिकमाथि अनावश्यक बल प्रयोग, दमन तथा मानवअधिकार विपरीतका गतिविधि नगर्न पनि सरकारलाई उनले सचेत गराए । ‘सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यम सबैले उच्च जिम्मेवारीका साथ संयमता अपनाउन र सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप बलियो बनाउन हाम्रो अपील छ,’ विकले भने, ‘मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचारको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन