विज्ञापन

करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु, पोल्ट्री फर्म सञ्चालक पक्राउ

विज्ञापन
Image
विज्ञापन

२१ साउन, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको घटनामा फर्म सञ्चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार ४४ वर्षीय प्रथमलाल धामीले सञ्चालन गरेको पोल्ट्री फर्ममा सन्तकुमार धामीका २ वर्षीय छोरा प्रतिक धामी कुखुरा हेर्न गएका बेला फर्ममा जथाभावी राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लाग्दा गत साउन २ गते उनको मृत्यु भएको थियो।

सो घटनापछि मृतकका बुवाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेका फर्म सञ्चालक प्रथमलाल धामीविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन