२६ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले गत भदाै २३ र २४ गतेको आन्दोलनमा सरकारी कागजात जलेको घटना र त्यसले लेखा परीक्षण हुन नसकेको घटनाबारे सरकारको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले सरकारको दृष्टिकोण के हो भन्दै माग गरेका हुन् । यो घटना प्राकृतिक विपत्ति नभएको भन्दै यसलाई वर्तमान ऐन र नियमले नसमेट्ने उनले बताए ।
प्राकृतिक प्रकोप र दुर्घटनाका बेला हुने घटनामा मात्र मिनाहाको विषय आकर्षित हुने उनले बताए । अहिले यससम्बन्धी सरकारको दृष्टिकोण आवश्यक रहेको उनले बताए । उनले भने ‘कार्की आयोगले यसलाई सम्बोधन गर्यो कि गरेन ? या २३ र २४ को घटनामा सरकारी कागजात जलेको बारे अलग्गै आयोग पो बनाउनु पर्छ कि ?’ त्यस्ता आयोगहरूले दिने सिफारिसका आधारमा मात्र निर्णय गर्नुपर्ने सुझाव उनले दिए ।
प्रतिक्रिया जनाउनुहाेस्

















