बुटवल २८, भदौ। चाडपर्वको उत्साहलाई थप विशेष बनाउँदै नेपालमा TVS का दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक **जगदम्बा मोटर्स प्रा.लि.**ले नयाँ फेस्टिभ अभियान ‘TVS Golden Key’ सार्वजनिक गरेको छ।
जगदम्बा मोटर्सले ल्याएको यस विशेष योजनामार्फत TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले एकैपटक आकर्षक नगद लाभ, गोल्डेन की र क्यासब्याक जित्ने अवसर पाउनेछन्।
टीभीएस किन्दा भाग्यको ‘Golden Key’ हातमा!
TVS Golden Key अभियानअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, भाग्यशाली ग्राहकका लागि Gold Key जित्ने अवसर तथा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने मौका समेत रहेको छ।
जगदम्बा मोटर्सले ग्राहकलाई खरिदपछि पनि थप सुविधा दिने उद्देश्यले हरेक दिन २ जना भाग्यशाली ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराउने योजना ल्याएको छ।

त्यसैगरी, नयाँ TVS खरिद गर्न चाहने ग्राहकका लागि नागरिकता र लाइसेन्सको प्रतिलिपिबाटै फटाफट फाइनान्स सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।
देशभर जगदम्बा मोटर्स, बुटवलमा Balaji Automobiles
जगदम्बा मोटर्सको यो विशेष TVS Golden Key अभियान देशभर रहेका आधिकारिक TVS शोरुमहरूमा लागू हुनेछ। बुटवलका ग्राहकहरूले भने मिलनचोक नजिकै रहेको Balaji Automobilesमा पुगेर TVS का मोटरसाइकल तथा स्कुटर खरिद गरी यो विशेष अफरमा सहभागी हुन सक्नेछन्।

चाडपर्वमा नयाँ सवारीसाधन भित्र्याउने योजनामा रहेका ग्राहकका लागि जगदम्बा मोटर्सको TVS Golden Key आकर्षक अवसर बनेको छ। १० लाखसम्म क्यास डिस्काउन्ट, १००% सम्म क्यासब्याक, Gold Key र ५ वर्षसम्म निःशुल्क सर्भिसजस्ता सुविधाले यस अभियानलाई अझ विशेष बनाएको छ।
TVS रोज्ने ग्राहकका लागि यसपालिको चाडपर्व — सवारीसँगै भाग्यको Golden Key जित्ने अवसर!
अफरका सम्पूर्ण सुविधा तथा पुरस्कार कम्पनीले तोकेको नियम तथा सर्तअनुसार लागू हुनेछन्।












