विज्ञापन

आफूमाथि आक्रमण भएजस्तो देखिने भिडियोबारे के भन्छन् माग्ने बुढा ?

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफूमाथि आक्रमण भएजस्तो देखिने एक भिडियोको सत्यताबारे प्रशंसकमाझ प्रष्टीकरण दिएका छन् ।

फेसबुकमा बुधबार दिउँसो लाइभ आउँदै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारको लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलमा गएको र प्रि-प्लानअनुसार आफूमाथि प्रयांक गरिएको बताए ।

उनले भने, ‘धेरै जना शुभचिन्तकले त्यो भिडियो के हो भनेर सोधिराख्नु भएको छ । यसबारे स्पष्टीकरण दिन चाहन्छु ।’

सल्लाहअनुसार प्रयांक गरिएको उनले बताए । ‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर उहाँले हातपात नै गर्नुभयो । त्यो चाहिँ प्लानिङ थिएन’ उनले भने ।

उनले भने, ‘तैपनि यसलाई ठट्टाकै रुपमा लियौं । टुक्रा मात्र भाइरल हुँदा साथ सपोर्ट गर्नेको चासो र चिन्ता आयो । यढसबाट पर्न गएको चोटबारे क्षमा पनि माग्न चाहन्छु ।’

माग्ने बुढामाथि गरिएको उक्त प्रयांकबारेको भिडियोको एउटा टुक्रा अहिले निकै भाइरल छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन