विज्ञापन

माइतीघरमा आमरण अनसन बसेका मदन बुढा अस्पताल भर्ना

विज्ञापन
Image
विज्ञापन

२७ भदौ, काठमाडौं । अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आमरण अनसन बसेका अछामका मदन बुढा अस्पताल भर्ना भएका छन् । स्वास्थ्य जटिल भएपछि उनलाई आज बीर अस्पतालमा भर्ना गरिएको हो ।

जेन जी आन्दोलनमा सक्रिय रहेका मदन गत शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका थिए ।

उनले अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको अनिवार्य प्रतिनिधि हुनुपर्ने, जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यलाई र घइतेहरुलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने, आन्दोलनका क्रममा ताकी–ताकी गोली प्रहार गर्ने र तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका थिए ।

उनी संविधान बोकेर सुदूरपश्चिमेलीकै भाषामा ‘हामी मरेको बिर्सियौ ? हामी लडेको बिर्सियौ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित अनशन बसेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन