विज्ञापन

कृषि गेम रियालिटी शो ‘र’को प्रसारण हिमालय टिभीमा सुरु

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’को प्रसारण विहीबारदेखि सुरु भएको छ । विहिबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा शो स्ट्रिमिङ भए ।

बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । कार्यक्रमको होस्टको रुपमा अभिनेता राजेश हमाल छन् । निर्देशन शैलेश कँडेलले गरेका हुन् ।

कँडेलका अनुसार, कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउनु शोको उद्देश्य हो ।

प्रस्तोता हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

हमालका अनुसार, शोले दर्शकलाई कृषिकर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारीसहित मनोरञ्जन र प्रेरणा प्रदान गर्नेछ । शोमा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा देख्न सकिनेछ ।

शोका निर्माताका अनुसार, ‘रिभोल्युसनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन