विज्ञापन

हर्मीत सिंहले सुदूरपश्चिमबाटै एनपीएल खेल्ने

विज्ञापन
Image
विज्ञापन

१६ कात्तिक, काठमाडौं । अमेरिकाका स्पीन बलिङ अलराउन्डर हर्मीत सिंहले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन् ।

सुदूरले आइतबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई निरन्तरता दिएको जनाएको हो । हर्मीत गत सिजन प्रतियोगिताको बीचमा अनुबन्ध भएका थिए ।

३३ वर्षीय हर्मीतले भारतबाट यू-१९ विश्वकप जितिसकेका छन् । हाल उनी अमेरिकाको सिनियर क्रिकेट टोलीबाट खेल्दै आएका नियमित सदस्य हुन् ।

उनले २५ टी-२०आई खेलमा २४ विकेट लिएका छन् भने २३५ रन बनाएका छन् । समग्र टी-२०मा ६० खेलमा ५६ विकेट लिएका छन् ।

गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मीतको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन