१५ पुस, काठमाडौं । अस्ट्रेलियन ए लिग फुटबलमा नेपाली फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले अर्को गोल गरेकी छन् ।
वेलिङटन फिनिक्सबाट खेलिरहेकी साम्बाले मंगलबार वेस्टर्न सिड्नी वान्डरर्स एफसीलाई हराउने क्रममा एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट पनि गरिन् ।
खेलमा वेलिङटन ३-० ले विजयी भएको थियो । साम्बाले ४८औं मिनेटमा गोल गरेकी थिइन् । त्यसअघि सातौं मिनेटमा र त्यसपछि ५२औं मिनेटमा भएको गोलमा उनले असिस्ट गरिन् ।
साम्बाले लिगमा हालसम्म ३ गोल गरेकी छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

















