विज्ञापन

नागरिक लगानी कोषका सहभागिहरूलाई बुटवल हस्पिटलमा १०% छुट — ऐतिहासिक सम्झौता!

विज्ञापन
Image
विज्ञापन

बुटवल । स्वास्थ्य सेवा थप सहज र किफायती बनाउने लक्ष्यसहित नागरिक लगानी कोष र बुटवल हस्पिटल प्रा.ली.बीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सहमतिअनुसार कोषमा आबद्ध कर्मचारी तथा सम्पूर्ण सहभागिहरुले अब बुटवल हस्पिटल प्रा.ली.मा उपचार गराउँदा विभिन्न सेवामा १०% छुट पाउने भएका छन्।

सम्झौतामा बुटवल हस्पिटल प्रा.ली.का अध्यक्ष श्री चुन्नु प्रसाद पौडेल र नागरिक लगानी कोष, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखा प्रमुख श्री कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। यो सहकार्यलाई स्वास्थ्य सेवा पहुँचलाई अझ सरल र सर्वसुलभ बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको बुटवल हस्पिटल प्रा.ली. लुम्बिनी प्रदेशकै एक स्तरीय स्वास्थ्य संस्था हो। १०० शैयाको क्षमता रहेको यस अस्पतालले २४ सै घण्टा निरन्तर र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।

सम्झौता अनुसार नागरिक लगानी कोषअन्तर्गत सञ्चालित सावधिक जीवन बीमा, कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता अवकाश कोष योजना र नागरिक पेन्सन योजनामा आबद्ध सहभागिहरुले उक्त सुविधा लिन सक्नेछन्। सेवा लिन कोषले उपलब्ध गराएको सक्कल परिचय पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

नागरिक लगानी कोषले सर्वसाधारणलाई बचततर्फ प्रोत्साहित गर्दै विभिन्न योजनामार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्ने प्रयास गर्दै आइरहेको छ। यस प्रकारको सहकार्यले सहभागीहरूलाई थप सहजता र राहत प्रदान गर्ने विश्वास गरिएको छ।

यस सम्झौताबाट कोषमा आबद्ध सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा अझ सुलभ र किफायती रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन