विज्ञापन

वेस्टर्न मेगा कलेजद्वारा नयाँमिल स्थित दुर्गा/शिव मन्दिर सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न

विज्ञापन
Image
विज्ञापन

बुटवल–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले नयाँमिल स्थित दुर्गा/शिव मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कलेजमा छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले मिति २०८३ साउन १८ गते सोमबारका दिन उक्त सामाजिक कार्य सम्पन्न गरेका हुन्।

श्रावण महिनाको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीहरूलाई सेवा पुऱ्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कलेजका अनुसार यो अभियान साउन महिनाभरि निरन्तर सञ्चालन हुने र आगामी तथा साउन २५ गते पर्रोहा स्थित बोलबमधाम र पाल्पा, दोभान स्थित सिद्धबाबा परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।


विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउन यस्ता सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सशक्त बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

यस कलेजमा स्नातक तहमा ४ वर्षे BIT तथा BHM र स्नातकोत्तर तहमा २ वर्षे MBA अध्यापन गरिने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेजले जानकारी गराएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन