विज्ञापन

अभिनेता प्रदीप रावतको मुम्बइमा निधन, अत्येष्टि आज बेलुका

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ ।

कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेताले मंगलबार अन्तिम सास लिए । त्यसपछि उनको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो ।

७४ वर्षिय रावत रक्त क्यान्सरबाट पीडित थिए । आज बुधबार बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि गोरेगाउँस्थित घरमा दिउँसो २ देखि ४ बजेसम्म राखिने भएको छ ।

त्यसपछि पश्चिम जोगेश्वरीमा पर्ने एसभी रोडको ओसिवारा पुलनेरको आर्यघाटमा रावतको पार्थिव शरिरलाई अन्त्येष्टि गरिने भएको छ ।

रावतको निधनको खबर सबैभन्दा सुरुमा पत्नी कल्याणीले ह्वाट्स-एपको स्टोरीमा राखेर दिएकी थिइन् ।

रावतको अन्त्येष्टिमा सहभागी हुन आफू मुम्बई जान लागेको विपनाले बताइन् । त्यसपछि रावत निकट नेपाली फिल्ममेकरहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका थिए ।

भारतीय सञ्चारमाध्यमले चाहिँ रावतका म्यानेजर र रावतसँग ‘लगान’मा अभिनय गरेका कलाकार यशपाल शर्माको इन्स्टाग्राम पोस्टलाई उध्दृत गर्दै रावतको निधनबारे लेखिरहेका छन् । ‘प्रदीप रावत, हाम्रा गजिनी र लगानका देवालाई श्रद्धाञ्जली’ शर्माले लेखेका छन् ।

रावतले लगान र गजिनीजस्ता चर्चित बलिउड फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनी महाभारत सिरियलमा अस्वस्थामाको भूमिकामा देखिएका छन् । उनले नेपाली फिल्म ह्रस्वदीर्घ र आबाट आमामा पनि अभिनय गरेका छन् ।

नेपाली कलाकारले पनि उनको निधनमा श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन