२९ साउन, हुम्ला । हुम्लामा प्रहरीले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। नाम्खा गाउँपालिका-२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ वटा कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर ४ हजार ६५६ बोतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
लुकाइछिपाइ राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए। चिनियाँ अवैध मदिरा प्रतिबोतलको अनुमानित बजार दर ५०० सय र बडवाइजर बियरको ३५० मूल्य रहेको डिएसपी खडकाले बताए ।
बरमद गरिएको चिनियाँ मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले बताए।

















