विज्ञापन

निष्ठा, संघर्ष र युवा जोसको प्रतीक: अर्घाखाँची ‘क’ बाट दिनेश पाण्डेको उम्मेदवारी!

विज्ञापन
Image
विज्ञापन

अर्घाखाँची/बुटवल:

नेपाली पत्रकारिता जगत्‌मा खबरदारी, निष्पक्षता र जनसरोकारको अर्को पर्याय बनेका उदीयमान युवा व्यक्तित्व दिनेश पाण्डे नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा होमिनुभएको छ। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत प्रदेश प्रतिनिधि प्रदेश सभा क्षेत्र `क´३५ वर्षमुनिको युवा कोटा खुला तर्फ उम्मेदवारी घोषणा गर्नुभएका पाण्डे अहिले राजनीतिक वृत्तमा मात्र नभई आम मतदाता र शुभेच्छुकहरूको बीचमा समेत चर्चाको केन्द्र बन्नुभएको छ।

“युवा आउनुपर्छ, दिनेश पाण्डे जस्तो भिजन र खरो स्वभावको नेतृत्वले जितेर जानुपर्छ” भन्ने आवाज अहिले प्रदेश क्षेत्र ‘क’ लगायत पार्टीपंक्तिमा जोेशका साथ उठिरहेको छ।

अर्घाखाँचीको ऐतिहासिक भूमि छत्रदेव गाउँपालिका वडा नं. ७, भगवतीमा जन्मिनुभएका पाण्डे विगत १५ वर्षदेखि पत्रकारितालाई आफ्नो जीवनको मुख्य ध्येय बनाएर निरन्तर क्रियाशील हुनुहुन्छ। डिजिटल मिडिया ‘हमला खबर’ का संस्थापक तथा मुख्य सम्पादक एवं राज्य टेलिभिजनको चर्चित कार्यक्रम ‘कालचक्र’ का प्रस्तोताको रूपमा उहाँले सदा समाजका विकृति, विसंगति र बेथितिहरूविरुद्ध खरो रूपमा कलम चलाउँदै आउनुभएको छ।

विशेष कुरा त यो छ कि, जीवनभर व्यावसायिक पत्रकारिताको मर्म र धर्मलाई उच्च स्थानमा राख्नुभएका उहाँले आफ्नो पेसामा कहिल्यै पनि राजनीतिक स्वार्थ मिसाउनुभएन; यही नै उहाँको सबैभन्दा ठूलो खूबी र विशेषता हो जसले उहाँलाई आम नागरिकको ढुकढुकी बनाएको छ।

केवल खोज पत्रकारितामा मात्र सीमित नरही, पाण्डेले विगत १०–१२ वर्षदेखि देशका विभिन्न जिल्लाहरूमा पुगेर युवाहरूलाई उद्घोषण, समाचार लेखन, नेतृत्व विकास, व्यक्तित्व विकास र खोज पत्रकारितासम्बन्धी तालिमहरू प्रदान गर्दै एक कुशल प्रशिक्षकको छवि पनि बनाउनुभएको छ।

पत्रकारिता विषयमै उच्च अध्ययनरत उहाँ अध्ययनशीलतालाई आफ्नो हतियार मान्नुहुन्छ। सांगठनिक रूपमा पनि नेपाल प्रेस युनियनको रूपन्देही जिल्ला कार्यसमिति सदस्य भई काम गरिसक्नुभएका उहाँ हालसालै सम्पन्न अधिवेशनबाट प्रदेश प्रतिनिधि निर्वाचित भई लुम्बिनी प्रदेशको आगामी अधिवेशनमा समेत उच्च सम्भावना बोकेका सशक्त नेतृत्व हुनुहुन्छ। साथै, उहाँ वीपी स्टडिज युथ सर्कलको लुम्बिनी प्रदेश उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ।

विभिन्न संघसंस्थामा आबद्ध रहेर कुशल नेतृत्व दिइसकेका पाण्डे अब केवल बाहिरबाट खबरदारी मात्र होइन, नीति, योजना निर्माण र प्रणालीगत सुधारका लागि प्रत्यक्ष रूपमा पार्टीको राजनीतिमा समेत अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ मैदानमा उत्रिनुभएको हो।
पार्टीको १५औँ महाधिवेशन अन्तर्गत ३५ वर्षमुनिको युवा कोटा खुला तर्फ उम्मेदवारी दिएर पार्टीभित्र गतिशीलता र पुस्तान्तरणको पक्षमा दृढ उभिनुभएका दिनेश पाण्डेको पक्षमा अहिले चारैतिरबाट समर्थन जुटिरहेको छ।

देशकै नमूना पत्रकारिताबाट खारिएर आएका, उच्च शिक्षित, निडर, निष्कलङ्क र प्रस्ट वक्ताका रूपमा परिचित पाण्डेलाई विजयी गराउनु भनेको पार्टीभित्र सही विचार, जोस र इमानदारिताको जित हुनु हो। अबको नेतृत्व गफ गर्ने होइन, परिणाम दिने युवाको हातमा हुनुपर्छ भन्ने मान्यता राख्ने सम्पूर्ण मतदाताहरूले उहाँको यो उम्मेदवारीलाई उच्च मूल्याङ्कन गर्दै कांग्रेसको १५औँ महाधिवेशनमा उहाँलाई अत्यधिक बहुमतले विजयी बनाउनुपर्ने आजको मुख्य आवश्यकता हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन