भैरहवा – यामाहाले भैरहवा र बुटवलमा ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक गर्ने भएको छ। चैत २१ गते बिहीबारदेखि सुरु हुने यो अफर चैत २७ गतेसम्म उपलब्ध हुनेछ।
ग्राहकहरूले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटर ल्याई नयाँ यामाहाको बाइक वा स्कुटर खरिद गर्दा बजार मूल्यमा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन पाउनेछन्। अफर भैरहवाको नारायणपथस्थित एम ए डब्लु प्रा.लि. र बुटवलको मिलनचोकस्थित बाइकर्स प्रा.लि. (यामाहा सोरुम) मा लागू हुनेछ।
एम ए डब्लु प्रा.लि.का शोरुम म्यानेजर मनोज गुप्ताका अनुसार, ‘न्यू इयर स्कीम’ अन्तर्गत ग्राहकहरूले बाइक नकिनी पनि ५० हजार रुपैयाँ जित्न सक्ने र खरिद गरेमा १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्।
गुप्ताले भने, “अफरमा सरल र स्पट फाइनान्स सेवा, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा सीमित मोडेलमा शून्य ब्याजदरमा पनि फाइनान्स उपलब्ध गराइनेछ।”
साथै, बाइक खरिद गर्दा हेल्मेट, लेग गार्ड, बाइक कभर, फूट म्याट र ब्याग जस्ता आवश्यक सामान निःशुल्क प्रदान गरिनेछ।
अधिक जानकारीको लागि ९७०४५९११२१ (भैरहवा) वा ९७०९०१९२०३ (बुटवल) मा सम्पर्क गर्न सकिने बताइएको छ।

















