विज्ञापन

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

विज्ञापन
Image
विज्ञापन

२६ चैत, काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका छन् ।

पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १ सय २० जनाले आरोहण अनुमति पाएका छन् ।

विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् ।

त्यस्तै मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन