विज्ञापन

क्लासिकमा ज्येष्ठ महिलाका ‘सृजित सपनाहरू’

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ, चैत ३१ गते । क्यानभासमा उतारिएका चौबिस जना ज्येष्ठ महिलाका भावनालाई प्रदर्शनीमा राखिएको छ । अभिव्यक्तिको सशक्त माध्यम मानिने चित्रकलामा कुनै अनुभव नभएका ६५ देखि ९३ वर्ष उमेरका ज्येष्ठ महिलाको एकदिने कार्यशालामा तयार पारिएका भावनालाई ललितपुर चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘सृजित सपनाहरू’ शीर्षक दिएर शनिबारदेखि प्रदर्शनीमा राखिएको हो । एक फिटका क्यानभासमा एक्रोलिक रङ माध्यममा ती चित्र बनाइएका छन् । प्रदर्शनीमा फरक क्षमताका पाँच कलाकारको समेत चित्रकला राखिएका छन् ।

त्यस्तै केहीअघि आयोजित मलेसियन महिला कलाकारसहितको कार्यशालामा तयार पारिएका १३ महिला कलाकारका चित्रकृतिसमेत प्रदर्शनीमा राखिएका छन् । क्लासिक ग्यालरीको सञ्चालिका सरिता डङ्गोलले ज्येष्ठ महिलाका मनका भावनालाई सिर्जनात्मक रूपमा क्यानभासमा उतार्ने निकै पुरानो सपना पूरा भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित सो प्रदर्शनीको शुभारम्भ समाजसेवी कुलाल डङ्गोल, मोतीशान्ति शाक्य र कलाकार लोक चित्रकारले संयुक्त रूपमा गर्नुभएको हो । प्रदर्शनी २०८२ वैशाख ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन