१५ वैशाख, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् ।
वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए ।
प्रहरीका अनुसार चट्याङ लागेर भैंसी मर्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

















