विज्ञापन

काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके

विज्ञापन
Image
विज्ञापन

१९ वैशाख, काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।

फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।

‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले अनलाइनखबरसँग भनिन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन