विज्ञापन

तीर्थ भट्टराईको मोबाइलको परीक्षण गरेपछि अन्यको संलग्नता खुल्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारमा उपस्थित भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा बस्दा भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुल्ने गिरोहसँग उनको ‘साँठगाँठ’ देखिएको आरोपमा अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ ।

अख्तियारले बुधवार नियन्त्रणमा लिएर उनलाई तारेखमा छाडेको थियो । भट्टराई आज अख्तियार पुगेका छन् । भट्टराईमाथि सोधपुछ भइरहेको आयोगका एकजना अधिकृतले रातोपाटीलाई बताए । भट्टराईको मोबाइल अनुसन्धान अधिकृतहरूले जफत गरेका छन् । मोबाइल परीक्षणको लागी डिजिटल फोरेन्सिक ल्याबमा पठाइने अख्तियारका एकजना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘मोबाइलको डीएफएल गरेपछि अन्य उच्च अधिकृतहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ ।’

जेठ ६ मा उनी अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा तानिएका थिए । विमानस्थल अध्यागमन कार्यालयमा पाँचथरको प्रमुख जिल्ला अधिकारी (सहसचिव) विष्णु कोइरालालाई पठाउने निर्णय गरिएको छ ।

भिजिट भिसामा ‘सेटिङ’ चलाएको आरोपमा अख्तियारले छापा मारेर मेनपावर र ट्राभल एजेन्सीहरूको डिभाइस पनि बरामद गरेको छ । सबै डिभाइस परीक्षण गरेर थप अनुसन्धान अघि बढाइने ती अधिकृत बताए । उनले भने, ‘सबै डिभाइसको डीएफएल रिपोर्ट आएपछि अरू अनुसन्धान अघि बढ्छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन