विज्ञापन

एमाले युवा सङ्घको नयाँ नेतृत्व छान्न आज मतदान हुंदै

विज्ञापन
Image
विज्ञापन

पोखरा । पोखरामा जारी नेकपा एमालेका भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले मनोनयन दर्ता गरेका छन्।

पार्टी नेतृत्वले थेवेका नाममा सर्वसम्मत बनाउन गरेको प्रयास असफल भएपछि निर्वाचन मण्डलले उम्मेदवारीका लागि प्रक्रिया अगाडि बढाएको थियो।

पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन लागिएको हो।

मनोनयन दर्ता गर्दा पनि आ–आफ्नो पक्षका युवाहरुले नाराबाजी गर्दै शक्ति प्रदर्शन गरेका थिए। १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि युवा संघको पदाधिकारी, केन्द्रिय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवा विज्ञ आयोग र अनुशासन आयोगमा पनि उम्मेदवारी दर्ता भएको छ।

अध्यक्षका दुबै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ।

अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।

अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।

युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रिय समितिमा ४ सय जना बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज राजीव पहारीले जानकारी दिए। सहमतिमा नेतृत्व छान्ने प्रयास अझै जारी रहेको उनले बताए।

अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नर्वौ महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन्।

थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासिचव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्व अध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन्।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

युवा संघको महाधिवेसनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रिय समिति गरी १ हजार ९३९ जना प्रतिनिधी सहभागी छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन