काठमाडौं, १६ जेठ – आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड ए सँगको अभ्यास खेलमा हार बेहोरेको छ। नेपाल १०२ रनले पराजित भयो।
वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा, स्कटल्याण्ड एले ९ विकेट गुमाएर २२० रन बनाएको थियो। कप्तान क्रिस म्याकब्राइडले ७२ रन बनाए भने जेमी डन्कले ४८ र ओवेन गुल्डले २८ रन जोडे।
लक्ष्य पछ्याउँदा नेपाल २९.४ ओभरमा ११८ रनमा अलआउट भयो। आरिफ शेखले ४४ रन बनाए, तर अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकमा मात्र रन बनाउन सके। स्कटल्याण्डका जैनुल्लाह इहसानले ४ विकेट लिए।
नेपालका सोमपाल कामीले ४ विकेट लिए भने रिजन ढकालले २ विकेट झटके। युकेको अभ्यास खेलमा अपराजित रहेको नेपाली टोली यसपटक हारिएको हो। नेपालले शनिबार दोस्रो अभ्यास खेल खेल्नेछ।
प्रतिक्रिया जनाउनुहाेस्

















