विज्ञापन

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

विज्ञापन
Image
विज्ञापन

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ११.०६ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से परिसूचक २६२९ अंकमा झरेको छ र लगातार चौथो दिन बजारमा गिरावट देखिएको हो। बजारमा ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ।

बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। बिहीबार ७ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। यसबाट बजारमा लगानीकर्ताको उपस्थिति भने कायम रहेको देखिन्छ।

बजारका अधिकांश सूचक घटे पनि हाइड्रोपावर सेक्टरमा भने उल्लेखनीय उत्साह देखिएको छ। यो समूहको सूचक १.२२ प्रतिशतले उकालो लागेको छ। मूल्य बढ्ने शीर्ष ५ कम्पनी र धेरै कारोबार हुने शीर्ष ५ कम्पनी सबै हाइड्रोपावर समूहभित्रकै छन्। हाइड्रोपावर समूहले मात्र ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन कुल कारोबारको आधाभन्दा बढी हो।

रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिलिमे हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य ८.०१ प्रतिशत, हिमालयन पावर पार्टनरको ७.९५ प्रतिशतले वृद्धि भएको छ।

यता, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले घटेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स, समाज लघुवित्त र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ।

धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर रहेका छन्, जसले हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण अझ बढ्दो रहेको संकेत गर्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन