विज्ञापन

प्रधानमन्त्री ओलीको उद्घोष: “अब कर्णाली भारत र चीनसँग सडकमार्गले जोडिन्छ”

विज्ञापन
Image
विज्ञापन

२२ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली करिडोर अन्तर्गतको एक महत्वपूर्ण पुलको उद्घाटन गर्दै हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोड्न गइरहेका छन्।

खार्पुनाथ गाउँपालिका–५ मा अवस्थित च्वाखोला नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आउने भएपछि हुम्ला जिल्लाले दशकौंको प्रतीक्षा पछि सडक पहुँच पाउने भएको हो। यो पुल सञ्चालनमा आएपछि हुम्ला जिल्ला नेपालको सडक सञ्जालमा समेटिने अन्तिम जिल्ला बन्नेछ।

प्रधानमन्त्री ओलीले उद्घाटनपूर्व सामाजिक सञ्जालमा आफ्नो उत्साह व्यक्त गर्दै एक युवकले बनाएको एआई (कृत्रिम बुद्धिमत्ता) आधारित भिडियो क्लिप सेयर गरेका छन्। उनले लेखेका छन्, “आजबाट सञ्चालनमा आउने च्वाखोला बेलिब्रिजले कर्णालीलाई भारत र चीनसँग सडकमार्गबाट जोड्नेछ।”

यो करिडोर बाँकेको सीमावर्ती क्षेत्र जमुनियाबाट सुरु भई हुम्लाको चीन सिमाना हिल्सासम्म पुग्छ, जसको लम्बाइ करिब ४१० किलोमिटर छ। प्रधानमन्त्री ओलीले यो सडकले कर्णाली प्रदेशलाई अन्तरदेशीय व्यापारिक पहुँच दिलाउने विश्वास व्यक्त गरेका छन्।

हालको अवस्थामा २६ वर्षदेखि निर्माणाधीन रहेको कर्णाली करिडोरको यो भागले अब पूर्णता पाउने देखिएको छ। पुलको उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोटसमेत सडकमार्गसँग जोडिने छ, जसले जिल्लालाई यातायात र आर्थिक गतिविधिको नयाँ युगमा प्रवेश गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन