विज्ञापन

१४ विधामा ‘नेसनल म्युजिक अवार्ड’ प्रदान, शम्भुजीतलाई ‘लाइफटाइम अचिभमेन्ट’

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड २०८१’मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

समारोहमा प्रसारित संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्यदृश्यमार्फतलाई ‘संगीत सम्राट’को उपाधि प्रदान गरियो । शनिबार ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा अवार्ड समारोहमा उनलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

बासकोटाको सम्मानमा गायक सुरेश लामा तथा गायिका अस्मिता अधिकारीले बासकोटाद्वारा सगीतबद्ध चार लोकप्रिय गीत प्रस्तुत गरे । समारोहमा विभिन्न विधाका १४ जना गायकगायिका पुरस्कृत भए ।

उत्कृष्ट नवगायकको अवार्ड आरसी रिमालले प्राप्त गरे । उत्कृष्ट लोकगायिकाको अवार्ड शान्तिश्री परियारले प्राप्त गरिन् । लोक गायक विधामा प्रकाश दूतराज उत्कृष्ट घोषित भए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन